IME Life New

होसियार भई चेक जारी गर्न राष्ट्र बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबैंलाई होसियार भएर चेक जारी गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै पछिल्लो समय चेकको दुरुपयोग बढेको भन्दै होसियार भई चेक जारी गर्न सबैलाई आग्रह गरेको हो ।

“राष्ट्र बैंकले भन्यो गैरकानुनी लेनदेन नगरौँ।” पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसका कारण चेक जारी गर्ने व्यक्ति तथा संस्था कालोसूचीमा पर्ने घटना पनि बढेर गएको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रस्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नुपर्दछ’, राष्ट्र बैंकले भनेको छ, ‘खातामा नभएको रकमको चेक जारी गर्ने, भविष्यमा प्राप्त हुन्छ भन्ने आधारमा चेक जारी गर्ने, तमसुक वा धरौटीका रुपमा चेकलाई प्रयोग गरी अवैधानिक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरिदिने जस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्दछ र कानुनबमोजिमको सजाय समेत हुन्छ ‘राष्ट्र बैंकले सूचनामा मार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS