IME Life New

नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ३१ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र भदौ १० गते बाँडफाँड गरेको हो ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ हजार रूपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको थियो । सर्वसाधारणका लागि छुट्याईएको १२ लाख कित्ता ऋणपत्र खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले ४८ हजार ३४० कित्ता ऋणपत्र थप गरी व्यक्तिगत तवरबाट आवेदन दिएका आवेदकहरूमा १२ लाख ४८ हजार ३४० कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।

Esewa
Crest

कम्पनीले कुल १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र बाँडफाँड गरिएको जनाएको छ । यस ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS