काठमाडौं । नबिल बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक तर्फको शेयर विक्रीमा ल्याएका छन् । सिटिजन्स बैंक इन्टरनेसनलले ४ हजार ४९० दशमलव ३७ कित्ता र नबिल बैंक लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
दुबै बैंकको संस्थापकतर्फको शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धित बैंकको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवदेन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने बैंकले जनाएको छ ।