IME Life New

एशियन, नेकाे र सानिमा जिआइसीले पाए हकप्रद शेयर जारी गर्ने स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले ताेकिएकाे चुक्ता पूँजी पुर्‍याउनका लागी एशियन लाईफ इन्स्याेरेन्स, नेकाे इन्स्याेरेन्स र सानिमा जिआइसी इन्स्याेरेन्सलाई हकप्रद शेयर जारी गर्न दिने भएकाे छ।

प्राधिकरणकाे सञ्चालक समितिले जीवन बीमकमध्ये एशियन लाईफ इन्स्याेरेन्सलाई ४२ प्रतिशत, निर्जीवन बीमक नेकाे इन्स्याेरेन्स र सानिमा जिआइसी इन्स्याेरेन्सलाई २५-२५ प्रतिशत हकप्रद शेयर जारी गर्न दिने निर्णय गरेकाे हाे । एशियन लाईफसँग हाल ३ अर्ब १५ कराेड ५३ लाख रुपैयाँ चुक्ता पूँजी कायम छ। नेकाे इन्स्याेरेन्सकाे २ अर्ब १ कराेड २३ लाख ६१ हजार र सानिमा जिआइसीकाे २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेकाे छ।

Esewa
Crest

यी बीमकले प्राधिकरणबाट हकप्रद शेयर निष्काशन स्वीकृतीकाे पत्र प्राप्त गर्न भने बाँकी छ।

जीवन बीमककाे लागि न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमककाे न्यूनत्तम चुक्ता पूँजी २ अर्ब ५० कराेड रुपैयाँ ताेकिएकाे छ।

यसैगरी जीवन बीमकमध्ये सानिमा रिलायन्स लाईफ इन्स्याेरेन्स, सूर्यज्याेती लाईफ इन्स्याेरेन्स, प्रभू महालक्ष्मी लाईफ इन्स्याेरेन्सलाई पनि हकप्रद शेयरमार्फत् अपुग चुक्ता पूँजी जुटाउने बाटाे सञ्चालक समितिले खुल्ला गरि दिएकाे छ। पाँच अर्ब चुक्ता पूँजी पुर्याउनका लागी सानिमा रिलायन्सले २० प्रतिशत, सूर्यज्याेतीले १० प्रतिशत र प्रभू महालक्ष्मीले १७ प्रतिशतसम्म हकप्रद शेयर निष्काशन गर्न सक्नेछन् । प्राधिकरण सञ्चालक समितिले यी जीवन बीमकले हकप्रद शेयर निष्काशन गर्न स्वीकृति माग गरेकाे अवस्थामा स्वीकृति प्रदान गर्ने अख्तियारी नेपाल बीमा प्राधिकरणकाे व्यवस्थापनलाई हस्तान्तरण गरिदिएकाे छ।

यसैगरी निर्जीवन बीमक हिमालयन एभरेष्ट इन्स्याेरेन्स र यूनाइटेड अजाेड इन्स्याेरेन्सलाई पनि हकप्रद शेयर निष्काशनका लागी प्राधिकरणले स्वीकृति दिने भएकाे छ। सञ्चालक समितिकाे बैठककाे निर्णयकाे आधारमा हिमालयन एभरेष्टले १२ प्रतिशत र यूनाइटेड अजाेडले ३२ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

52%
happy

खुसी

4%
sad

दु :खी

12%
amazed

अचम्मित

12%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS