IME Life New

फर्स्ट टाइम अडप्सनका आधारमा वित्तीय विवरण पेश गर्न लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले एउटा परिपत्र जारी गर्दै राष्ट्रियस्तकार लघुवित्तहरुलाई यस्तो निर्देशन दिएको हो।

आर्थिक वर्ष २०७८/७९ मा ‘फर्स्ट टाइम अडप्सन’ को मापदण्ड अनुसारको एनएफआरएसएसमा आधारित वित्तीय विवरण समानान्तर रुपमा तयार गरी पेस गरेको तर साधारणसभा प्रयोजनार्थ जीएएपीमा आधारित वित्तीय विवरण सम्बन्धित सुपरिवेक्षण विभागबाट स्वीकृत भए पनि आर्थिक वर्ष २०७९–८० का लागि एनएफआरएसएस अनिवार्य भएको अवस्थामा एनएफआरएसएसबमोजिमकै अघिल्लो वित्तीय विवरणमा भएका विभिन्न शीर्षकका मौज्दातलाई ब्रट डाउन गर्दा जीएएपी बमोजिम लेखांकन भई स्वीकृत भएका केही शीर्षकहरु जस्तै– आयकर, कर्मचारी बोनस, कोषमा छुट्टाउने पर्ने रकमलगायतका विषयमा समस्या आउनसक्ने देखिएको हुँदा आव २०७९/८० को वित्तीय विवरणसमेत ‘फर्स्ट टाइम अडप्सन’ कोमापदण्ड अनुसार तयार गरी पेस गर्न राष्ट्र बैंकले आग्रह गरेको हो।

Esewa
Crest

लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं ४–०७९ को बुँदा नं. १(ग) अनुरुप सम्पूर्ण राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरण अनिवार्य रुपमा नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएसएस) अनुसार तयार गरी पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS