IME Life New

बीमक नम्बर वान हुने आधार के ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । बीमा कम्पनीहरुले व्यापार अ‌ंककाे आधारमा आफूलाई सर्वाेत्कृष्ट र नम्बर वान दाबी गरिरहँदा वास्तवमा कुन मापदण्डकाे आधारमा कुनै बीमा कम्पनीलाई नम्बर मान्ने हाे ? बीमा कम्पनीले बजारबाट संकलन गर्ने बीमाशुल्क वा ओगटेकाे बजार हिस्साकै आधारमा नम्बर वान भन्नु कतिकाे उचित र बुद्धिमतापूर्ण हुन्छ? यस्तै प्रश्नहरुकाे जवाफ खाेज्नुपर्ने अवस्था छ।

बीमा क्षेत्रका जानकारहरु कि परफर्मेन्श इण्डीकेटर (केपिआइ) अर्थात् मुख्य कार्य सम्पादन सूचककाे आधारमा बीमा कम्पनीकाे तुलना वा वर्गिकरण गर्नु जायज हुन्छ। उनीहरूकाे भनाईमा कुनै निश्चित अवधिमा बीमितबाट कति प्रथम् बीमाशुल्क,नविकरण बीमाशुल्क वा कूल बीमाशुल्क संकलन गर्याे भन्ने आधारमा मात्र अग्रणी वा उत्कृष्ट भनिनु जायज हाेइन ।

Esewa
Crest

कुनै बीमकले नयाँ बीमालेखवापत स‌ंकलन गरेकाे प्रथम् बीमाशुल्ककाे आकारमा चासाे राख्दै गर्दा उसकाे बीमालेख समर्पण दर के कति छ भन्ने पनि सार्वजनिक सराेकार र चासाेकाे विषय हुनुपर्छ। बीमितले बीमालेख निरन्तरता दिन नसकेकाे अवस्था कतिकाे गम्भीर वा सामान्य स्तरमा छ भन्ने बारेमा समर्पण दरले प्रष्ट पार्छ ।

बीमितबाट स‌ंकलित बीमाशुल्कवापतकाे रकममध्ये कति प्रतिशत रकम जीवन बीमा काेषमा जम्मा गर्न सफल भएकाे छ भन्ने विषय पनि जीवन बीमककाे कार्य सम्पादन मूल्यांकनका लागी एउटा महत्वपूर्ण सूचक हाे । स‌ंकलित रकममध्ये ९० प्रतिशतभन्दा बढी रकम बीमा काेषमा जम्मा गर्न सक्ने बीमककाे तुलनामा ७५ प्रतिशत रकम मात्र जम्मा गर्ने जीवन बीमक कार्य सम्पादनकाे दृष्टीकाेणले कमजाेर मानिन्छ। यस्ताे कमजाेर बीमककाे सञ्चालन खर्च उच्च रहेकाे संकेत गर्छ।

यसबाहेक बीमकले मृत्यु दाबीलगायतका दाबी भुक्तानी कतिकाे द्रूत गतीमा गरेकाे छ,त्याे पनि प्रमुख सूचककाे विषय वस्तु हाे । मृत्यु दाबीकाे आवेदन प्राप्त भएकाे कति दिनभित्र दाबी फर्छ्याैट गरेकाे छ भन्ने तथ्या‌ंकले पनि बीमककाे बीमित प्रतिकाे जिम्मेवारीपन र जवाफदेहितालाई प्रष्ट पार्छ । यसबाहेक जीवित लाभ र परिपक्वता दाबीवापतकाे भुक्तानीकाे अवस्था पनि यसै सूचकभित्र समावेश हुन्छ।

बीमा क्षेत्रका जानकारहरु बीमककाे त्रैमासिक प्रतिवदेनमा उल्लेख गरिने दाबी भुक्तानीकाे रकम वा दाबी भुक्तानी गर्न बाँकी भन्ने शीर्षकमा एकमुष्ठरुपमा रकम उल्लेख गर्नुकाे साटाे प्रत्येक प्रकृतीका दाबीवापतकाे भुक्तानी गरिएकाे रकम र भुक्तानी गर्न बाँकी दाबीवापतकाे रकम वित्तीय विवरणमा खुलाउँदा दाबी भुक्तानीका लागी बीमककाे तत्परताकाे अवस्थालाई विश्लेषण गर्न सघाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS