IME Life New

एशियन लाइफकाे काेशी प्रदेशस्तरिय बिजनेश एक्शिलेन्स अवार्ड समाराेह सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। एशियन लाइफ इन्स्योरेन्सको काेशी प्रदेश स्तरिय अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम ”बिजनेश एक्सिलेन्स अवार्ड २०८०” शनिबार बिर्तामाेडमा भव्यताका साथ सम्पन्न भएकाे छ।

दुई दिन सम्म सन्चालन भएकाे कार्यक्रमकाे पहिलाे दिन अभिकर्ता प्रशिक्षण र दाेश्राे दिन अभिकर्ता सम्मान कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । कार्यक्रमकाे मुख्य आकर्षणकाे रुपमा रहेकाे प्रदेशस्तरिय अभिकर्ता सम्मान कार्यक्रममा काेशी प्रदेशबाट उत्कृट भएका अभिकर्ता उमानन्द राजवंशी(बिर्तामाेड) धनमाया काेइराला(इटहरी), बिबि थामसुहाङ(इलाम) र क्लब मेम्बर तर्फ रेखा खड्का(दमक), बिमल गुरुङ(दमक) र उमानन्द राजवंशी(बिर्तामाेड)लाई विशेष सम्मान गरिएकाे थियाे । यसैगरी प्रदेशभरबाट नयाँ व्यवसाय प्रवर्द्धनमा याेगदान पुर्याउनु भएका विभिन्न शाखा तथा उपशाखाका अभिकर्तालाई समेत प्रशंसा पत्र र एडभाइजर ब्याज वितरण गरिएकाे थियाे ।

Esewa
Crest

कार्यक्रममा कोशी प्रदेशका दुई सयभन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियाे। कार्यक्रमकाे पहिलाे दिन सहभागि अभिकर्ताहरुलाई न्यूराे लिङ्ग्वीस्टिक ट्रेनर मीन घलेले बीमा बिक्री कला र वित्तीय सल्लाहकारको भूमिका सम्बन्धमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनीकाे सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एक अर्काकाे पुरककाे रूपमा कार्यरत अभिकर्ता र कम्पनी व्यवस्थापनकाे सहकार्यबाट व्यवसायीक सफलता सुनिश्चित गर्न संभव भएकाे भन्दै अभिकर्ताहरूलाई शुभकामना दिए । प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले अभिकर्तालाई व्यवसाय प्रवर्द्धनमा हरसंभव सहयाेग गर्न व्यवस्थापन र सञ्चालक समिति दुबै सदैव तत्पर रहेकाे प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझै व्यवसायीकरुपमा काम गर्न अभिकर्ताहरुलाई शुभकामना दिए ।

कार्यक्रममा कम्पनीकाे डेप्युटी मार्केटिङ हेड विजय पराजुली, काेशी प्रदेश प्रमुख रितु प्रधान, शाखा, उपशाखा प्रमुख,पेशागत अभिकर्ता संघका केन्द्रीय सदस्य उमानन्द राजवंशी र बीमक समितिका विष्णु कुमार कार्कीलगायतकाे समेत उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS