IME Life New

ज्योति विकास बैंकद्धारा अस्पताललाई बेबी वार्मर प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले यी अस्पताललाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीबाट महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पतालका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

Esewa
Crest

साथै, सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियरमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो ।

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेसिनबाट नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं। ५, सेरावगरस्थित महाकाली स्वास्थ्य चौकी र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। ३ स्थित आँबुखैरेनी अस्पतालमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

बैंकले डा. महावीर पुनद्वारा प्रवर्धित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा ‘न्यानो नानी परियोजना’ अन्तर्गत ३ वर्षमा देशका ३५ अस्पताललाई बेबी वार्मर प्रदान गरिसकेको छ ।

खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS