IME Life New

बीमाशुल्क असुलेर पेट्रोलियम डिलर्स एसोसिएसनले ठगी धन्दा चलाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले ढुवानी जोखिमको बीमा सेवाको बहानामा रकम असुली गरेर ठगी गरिरहेको पाइएको छ। एशोसिएशनले राष्ट्रिय बीमा कम्पनीको अभिकर्ता इजाजत पत्रको आधारमा आफ्ना सदस्य ट्यांकर धनीहरुसँग प्रति टिप (ढुवानी) का लागि बीमाशुल्कवापत ४३६ रुपैयाँ संकलन गरेको छ।

ना ७ ख १३७३ को एउटै ट्यांकरबाट ४ हजार लिटर पेट्रोल ढुवानीको जोखिम बहन वापत यो रकम असुली गरेको हो । एशोसिएशनले कुनै पनि निर्जीवन बीमा कम्पनीसँग जोखिम बहन सम्बन्धमा छाता सम्झौता गरेर एकमुष्ठ बीमाशुल्क भुक्तानी गरेपछि मात्र आफ्नो सदस्य ट्यांकर धनीहरुसँग बीमाशुल्कवापतको रकम संकलन गर्न पाउने भएपनि नगदी रसिदमा बीमालेख नम्बर नै उल्लेख नगरी प्रत्येक टिपमा सदस्यहरुसँग ढुवानी जोखिम वापतको बीमाशुल्क रकमको नाममा रकम असुली गरेर ठगी गरिरहेको हो।

Esewa
Crest

यसबाहेक हस्तलिखित नगदी रसिदको आधारमा एशोसिएशनले ट्यांकर धनीहरुसँग बीमाशुल्कवापतको रकम असुली गरेपनि बीमा कम्पनीसँग बीमा सम्झौता भए नभएको रसिदमा उल्लेख गरेको छैन । एशोसिएसनले राष्ट्रिय बीमा कम्पनीको अभिकर्ता इजाजत पत्र नम्बर जी ३३८४ बाट जारी गरिएको भन्ने उल्लेख गरेर ठगी धन्दा चलाई रहेको छ।
एशोसिएशनले बीमा नै नगरी बीमाशुल्कको नाममा पैसा संकलन गरेको हो। बीमा गरेको अवस्थामा समेत बीमा कम्पनीको सफ्टवेयर वा सूचना प्रणालीमा बीमा गरिएको ट्यांकर सम्बन्धि विवरण, ट्यांकरले ढुवानी गर्ने इन्धनको विवरण र ट्यांकर संचालन हुने रुट सम्बन्धि विवरण वास्तविक समयमा उपलब्ध नगराएको अवस्थामा कुनै दुर्घटना भएर क्षति पुग्न गएको अवस्थामा बीमा कम्पनीले बीमा दाबी अस्वीकृत गरिदिन्छ। हस्तलिखित चिटकनोको भरमा बीमा भन्दै ठगी जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

29%
sad

दु :खी

43%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS