IME Life New

हिमालयन बैंकले कान्ति बाल अस्पताललाई गर्यो २० लाख आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु। २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेश द्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरणमा खर्च गर्ने बैंकले जनाएको छ ।

कान्ति बाल अस्पतालमा आज आयोजित एक समारोहका बिच उक्त रकम प्रदान गर्ने सहमति भएको छ । सो समारोहमा बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा। बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका छन् ।

Esewa
Crest

प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरुमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अति आवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताए ।

त्यस्तै, अस्पताल विकास समितिका अध्यक्ष गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणको लागि गरेको आर्थिक सहयोगको लागि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS