IME Life New

सीमित आवेदन परेपछि प्रभु बैंकले स्वेच्छिक अवकाशका लागि समय थप्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सेन्चुरी कमर्शियल बै‌ंकलाई प्राप्ति गरे पछि अधिक जनशक्तिकाे समस्याबाट गुज्रिरहेकाे प्रभु बैंकले जनशक्ति कटाैतीका लागी ल्याएकाे स्वेच्छिक अवकाश याेजनामा न्यून सहभागिता भएकाे छ। सञ्चालक समिति र उच्च व्यस्थापन तहले अनुमान गरेभन्दा निक्कै कम जनशक्तिले स्वेच्छिक अवकाश राेज्न आवेदन दिएपछि याेजनाकाे अवधि एक साता लम्ब्याइएकाे छ।

आर्थिक हिसाबले बाेझिलाे बनेका उच्च तहका कर्मचारीले स्वेच्छिक अवकाश राेज्न चासाे नदेखाएपछि स्वेच्छिक याेजनामार्फत् जनशक्ति कटाैतीकाे रणनीति असफल हुने स‌ंकेत देखिएकाे छ। अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका बेला बजारमा सामान्य अवस्थाभन्दा राेजगारीका अवसरहरू खुम्चिएकाे र असुरक्षा बढेकाले पनि जागिरेहरू अवकाश राेज्न वा नयाँ अवसर खाेज्न हिच्किचाउन थालेका छन् ।

Esewa
Crest

३ हजार २ सय कर्मचारी कार्यरत याे बै‌ंकमा करिब ५० जनाले स्वेच्छिक अवकाश राेज्दै आवेदन दिएका छन् । बै‌ंक व्यवस्थापनले क्रमबद्धरूपमा जनशक्ति कटाैती गर्दै २ हजार ४ सयकाे हाराहारीमा जनशक्ति सीमित नगर्दा सम्म अपरेटिङ इफिसिएन्सी हासिल गर्न चुनाैतीपूर्ण देखिन्छ।

बैंकले अवकाश योजनामा पाँच वर्षभन्दा मुनी जागिर पुरा गरेका सहायक प्रबन्धकका लागि २० महिनाको कूल तलब र पाँच वर्षभन्दा बढी भएकालाई २४ महिनाको कूल तलब दिने घाेषणा गरेकाे छ। अधिकृत तहमा तीन वर्षभन्दा बढी अवधिदेखि कार्यरतलाई २० महिनाको कूल तलब दिने घोषणा गरी स्वेच्छिक अवकाश योजना ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

39%
happy

खुसी

0%
sad

दु :खी

39%
amazed

अचम्मित

11%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS