IME Life New

सिद्धार्थ क्यापिटलका दुई योजनाले प्रतिफल प्रयोजनका लागि तय गरे बुक क्लोज मिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित दुई योजनाहरूले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ १३ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । सद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेका हुन ।

यी दुई योजनाहरूको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको साउन ३२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को प्रतिफलका सम्बन्धमा निर्णय गरेको हो ।

Esewa
Crest

सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूका लागि ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरूका लागि ६ दशमलव ५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलले गरेको थियो । कर समेत उक्त प्रतिफल प्रयोजनका लागि तय गरिएको बुक क्लोजको आधारमा भदौ १२ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।

क्यापिटलकै व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को इकाईधनीहरूको हात भने यस वर्ष खाली भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS