IME Life New

टर्मिनल बाेनश भनेकाे के हाे ? कति थरीका हुन्छन् बीमितले पाउने बाेनश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । सावधिक र आजीवन प्रकृतीका बीमा याेजना अन्तर्गत बीमितलाई प्रदान गरिने बाेनश दर तीन प्रकारका हुन्छन्, सिम्पल रिभर्सनरी बाेनश, इन्टरिम बाेनश र टर्मिनल बाेनश । बाेनश दरले कुनै पनि जीवन बीमकले आफ्नाे बीमितसँग स‌ंकलित बीमाशुल्कवापत कति रकम प्रतिफल प्रदान गर्छ भन्ने निर्धारण गर्छ।

जीवन बीमा कम्पनीहरूले परम्परागतरुपमा प्रत्येक वर्ष बीमांकी मूल्यांकन पछि घाेषणा गर्दै आएकाे बीमितकाे बाेनश दर नै सिम्पल रिभर्सनरी बाेनश दर हाे ।

Esewa
Crest

यसैगरी कुनै आर्थिक वर्षकाे लागी घाेषित बाेनश दर त्यसपछिका वर्षहरुकाे बाेनश दर घाेषणा नहुँदासम्म कामचलाउरुपमा प्रचलनमा ल्याएकाे अवस्थामा वा कम्पनीकाे अर्द्धवार्षिक वित्तीय समीक्षाका आधारमा कुनै बाेनश दर घाेषणा गरिएकाे छ भने त्यसलाई अन्तरिम बाेनश दर वा इन्टरिम बाेनश भनिन्छ।

यसकाे अतिरिक्त बीमालेख जारी भएकाे निश्चित अवधि पुरा भएपछिकाे अवस्थामा मात्र बीमितलाई प्रदान गरिने बाेनशलाई टर्मिनल बाेनश भनिन्छ। टर्मिनल बाेनशकाे सुविधा भएकाे बीमालेखमा बीमितले टर्मिनल बाेनशकाे अतिरिक्त सिम्पल रिभर्सनरी बाेनश वा अन्तरिम बाेनशवापतकाे रकम समेत भुक्तानी प्राप्त गर्छन् ।

जीवन बीमा कम्पनीले आफ्नाे बीमितलाई र शेयरधनी दुबैलाई बाेनश वितरण गर्छ । बीमितलाई वितरण गर्ने बाेनशकाे दर बीमितले खरिद गरेकाे प्रकृतीकाे बीमालेखकाे समूहबाट प्राप्त हुने बचत र लगानीवापतकाे प्रतिफलका आधारमा निर्धारण हुन्छ। बाेनश दरकाे निर्धारण प्रत्यक्षरूपमा बीमा‌ंकी मूल्यांकनसँग जाेडिएकाे हुन्छ। शेयरधनीले प्राप्त गर्ने बाेनश वा लाभांशकाे निर्धारण जीवन बीमा कम्पनीकाे नाफा आर्जन, वित्तीय अवस्था र नियामकीय प्रावधान र स्वीकृतीमा निर्भर हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS