काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सिस्टम अपग्रड गर्ने भएकाले आफ्नो सेवा दुई दिन बन्द गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै भदौ १ गते शुक्रबार दिउसो १२ बजेदेखि भदौ २ गतेसम्मका लागि आफ्नो सेवा बन्द गर्ने जनाएको हो । उक्त सेवाबाट पर्न जाने असुविधा प्रति कम्पनीले सबै ग्राहक, अभिकर्ता तथा सरोकारवालाहरु समक्ष क्षमा मागेको छ ।


















