काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र बिओके क्यापिटल लिमिटेडबीच मर्जर प्रक्रिया पुरा गरी भदौ ४ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । यी दुबै क्यापिटलले मर्जर सम्बन्धी प्रस्ताव असार ३ गते विशेष साधारण सभामार्फत पारित गरेका थिए ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृति प्राप्त भएसँगै दुबै कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले एकिकृत कारोबारका लागि मिति तय गरेका हुन ।
बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुबै बैंकका सहायक कम्पनी समेत एक हुन लागेका हुन ।