काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा आब्हान गरेको छ । कम्पनीले भदौ १५ गते शुक्रबार दिउँसो ३ः३० बजे संस्थानको प्रधान कार्यालयमा सभा आब्हान गरेको हो । कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने, संस्थानलाई कम्पनीमा परिणत गर्दा गर्नुपर्ने कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।