Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानको खुद बीमा शुल्क साढे ८ अर्ब, जीवन बीमा कोषको आकार ४७ अर्ब १९ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट आएको छ भने बाँकी अन्य सूचकमा बृद्धि भएको छ ।

कम्पनीले चुक्ता पूँजी १८ करोड १० लाखबाट बृद्धि गरेर २ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ४८ करोड ४१ लाख ५७ हजार संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४१ करोड ३८ लाख ८९ हजार संचिती थियो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ सैचिती रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ३७ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कोषको आकार बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ७ करोड २ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा सामान्य गिरावट आएको छ ।

यस अवधिमा कम्पनीले ८ अर्ब ४९ करोड ९५ लाख ६२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ३९ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य बढी हो ।

यस अवधिमा कम्पनीले ४ अर्ब २९ करोड ३९ लाख ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद दाबी भुक्तानी बढी गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS