IME Life New

एनआइसी एशिया लघुवित्तको चौथो त्रैमासः अधिकांश सूचकमा उत्साहजनक नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रयमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले अहिलेको विषम परिस्थितिमा समेत अधिकांश वित्तीय परिसूचकहरुमा उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ । कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको यस संस्थाले चौथो त्रयमास सम्ममा कुल लघुकर्जा रु. १८ अर्ब ४५ करोड ६६ लाख पु-याएको छ ।

प्रतिशेयर आम्दानी रु.१७.२५ सहित यस आर्थिक वर्षमा रु.३० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसै गरी आर्थिक वर्ष २०७९/८० मा स्व–पूँजीमा प्रतिफल वार्षिक १२.०२% रहेको छ । तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालन तर्फ भने रु.२ अर्ब २३ करोड १८ लाख पु¥याउन सफल भएको छ । वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रुपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्कृय कर्जालाई ४.६४ प्रतिशतमा सिमित राख्न सफल भएको छ ।

Esewa
Crest

नवीनतम् प्रविधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलाप तथा सेवाग्राही सदस्यहरुलाई परिष्कृत सेवा प्रवाह गर्दै आईरहेको छ । जस अनुसार ई–सेवा तथा खल्ती मार्फत रकम भुक्तानीको साथै आर्थिक कारोबारहरुको एस.एम.एस मार्फत जानकारी हुने प्रणाली सुचारु भईसकेको छ ।

वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा मुलुकभरका ७४ जिल्लामा २८७ शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तिय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको मर्म र भावना अनुरुप पहुँच नपुगेको ग्रामीण स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०७,५७६ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ ।

वित्तीय संस्थाले अपनाएको समयानुकुल रणनीतिका कारण छोटो समयमै राष्ट्रिय स्तरको अग्रणी लघुवित्त संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको कालिकोट, बझाङ, बाजुरा, अछाम, दार्चुला ,मुगु डोटी, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS