IME Life New

नेपाल इन्स्याेरेन्सकाे १८.४८ लाख कित्ता शेयर एशियन लाइफले किन्यो, बाहिरियो आइएमई समुह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । पछिल्लो समय जीवन बीमा कम्पनी मध्ये एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले  बिभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने क्रममा नेपालकाे सबैभन्दा पुरानाे निर्जीवन बीमा कम्पनीमा  मुख्य लगानीकर्ता भै १८ लाख ४८ हजार ५३८ कित्ता ( १२.३६ प्रतिशत ) शेयर खरिद गरेको छ।

नेपाल इन्स्याेरेन्समा रहेकाे आइएमई लिमिटेड, आइएमई हाेल्डिङ्गस प्रालि र आइएमई इन्भेष्टमेण्ट प्रालिले संस्थापक शेयर बिक्री गरेका हुन् । आज कारोवार भएको १९,४८,५३८ कित्ता शेयर मध्ये १८,४८,५३८ कित्ता शेयर एशियन लाइफ इन्स्योरेन्स र बाँकी १ लाख कित्ता शेयर गुहेश्वरी मर्चेन्ट बैङ्किङ्ग एण्ड फाइनान्स कम्पनीले खरिद गरेको हो।  प्रति कित्ता ३०० रुपैयाँमा कारोबार भएको शेयरको कुल खरिद बिक्रि ५८ करोड ४५ लाख रुपैयाँमा भएको नेप्सेले जनाएको छ।  सनी सेक्युरिटीज ब्रोकर नम्बर ४२ मार्फत उक्त सेयर बिक्री भएको छ भने डाइनामिक मनि मार्केट ब्रोकर नम्बर ४४ बाट सेयर खरिद भएको छ ।

Esewa
Crest

नियामक नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्याेरेन्सलाई साउन २२ गते  साेमबार नेपाल इन्स्याेरेन्सकाे स‌ंस्थापक शेयरमा लगानी गर्न स्वीकृती प्रदान गरेकाे थियो  । बीमा कम्पनीकाे संस्थापक शेयर खरिद बिक्री गर्न प्राधिकरणकाे पूर्व स्वीकृती अनिवार्य हुन्छ।

नेपाल इन्स्याेरेन्सकाे १३ प्रतिशत शेयर खरिद गर्न एशियन लाइफले पायो प्राधिकरणबाट स्वीकृती

१९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक शेयर बाेलकबाेलमार्फत् बिक्रीका लागी सूचना प्रकाशन गरेकाे थियाे । संस्थापक सेयरको प्रतिकित्ता न्यूनत्तम मूल्य ३०० रुपैयाँ तोकिएको थियाे । यी कम्पनीकाे स‌ंस्थापक शेयर २०७९ असारमा प्रति कित्ता ३२५ रूपैयाँ न्यूनत्तम बिक्री मूल्य कायम गरी बिक्रीमा राखिए पनि क्रेता नभेटिएपछि स्थगित हुन पुगेकाे थियाे ।

आइएमई समूहले आइजिआई प्रुडेण्सियल इन्स्याेरेन्स र नेपाल इन्स्याेरेन्स समेत गरी तीनवटा निर्जीवन बीमा कम्पनीमा लगानी गरेपछि प्राधिकरणले क्रस हाेल्डिङकाे अवस्था कायम भएकाे भन्दै यी कम्पनीहरुलाई आपसमा गाभ्न गाभिन वा शेयर लगानी झिक्न आइएमई समूहलाई सुझाव दिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

40%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS