IME Life New

नेपाल इन्स्याेरेन्सकाे १३ प्रतिशत शेयर खरिद गर्न एशियन लाइफले पायो प्राधिकरणबाट स्वीकृती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । जीवन बीमक एशियन लाइफ इन्स्याेरेन्सले निर्जीवन बीमा कम्पनीमा समेत लगानी बिस्तार गर्ने भएको छ । नेपालकाे सबैभन्दा पुरानाे निर्जीवन बीमक नेपाल इन्स्याेरेन्सकाे १३ प्रतिशत शेयर खरिद गर्दै एशियन लाइफ इन्स्याेरेन्सले निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तार गर्न लागेको  हाे ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्याेरेन्सलाई साेमबार नेपाल इन्स्याेरेन्सकाे स‌ंस्थापक शेयरमा लगानी गर्न स्वीकृती प्रदान गरेकाे हाे । बीमा कम्पनीकाे संस्थापक शेयर खरिद बिक्री गर्न प्राधिकरणकाे पूर्व स्वीकृती अनिवार्य हुन्छ।

Esewa
Crest

आइएमई समूहबाट एशियन लाइफले १३ प्रतिशत अर्थात् १९ लाख ४३ हजार १९५ कित्ता स‌ंस्थापक शेयर खरिद गर्न स्वीकृती पाएकाे छ ।

नेपाल इन्स्याेरेन्समा रहेकाे आइएमई लिमिटेड, आइएमई हाेल्डिङ्गस प्रालि र आइएमई इन्भेष्टमेण्ट प्रालिले संस्थापक शेयर बिक्री गर्न लागेका हुन् । १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक शेयर बाेलकबाेलमार्फत् बिक्रीका लागी सूचना प्रकाशन गरेकाे थियाे । संस्थापक सेयरको प्रतिकित्ता न्यूनत्तम मूल्य ३०० रुपैयाँ तोकिएको थियाे । यी कम्पनीकाे स‌ंस्थापक शेयर २०७९ असारमा प्रति कित्ता ३२५ रूपैयाँ न्यूनत्तम बिक्री मूल्य कायम गरी बिक्रीमा राखिए पनि क्रेता नभेटिएपछि स्थगित हुन पुगेकाे थियाे ।

आइएमई समूहले आइजिआई प्रुडेण्सियल इन्स्याेरेन्स र नेपाल इन्स्याेरेन्स समेत गरी तीनवटा निर्जीवन बीमा कम्पनीमा लगानी गरेपछि प्राधिकरणले क्रस हाेल्डिङकाे अवस्था कायम भएकाे भन्दै यी कम्पनीहरुलाई आपसमा गाभ्न गाभिन वा शेयर लगानी झिक्न आइएमई समूहलाई सुझाव दिएकाे थियाे ।

प्राधिकरणबाट एशियन लाइफका लागी लगानीकाे ढाेका खुल्ला भएसँगै अब नेपाल इन्स्याेरेन्सकाे सञ्चालक समितिले शेयर खरिद  बिक्री गर्नका लागी स्वीकृती प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

6%
amazed

अचम्मित

6%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS