काठमाडौं । कुमारी क्यापिटलद्धारा संचालित दुई वटा सामुहिक लगानी कोष योजनाले प्रतिफल घोषणा गरेका छन्। योजना व्यवस्थापक कुमारी क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को लागि कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले प्रतिफल घोषणा गरेका हुन् ।
कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ(आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने छ । ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना भने निकट भविष्यमा प्रकाशित गरिने जनाएको छ।
1691737533998