IME Life New

आ.व. २०७८/७९ कै बीमांकी मूल्यांकन थाती राखेर मर्ज भएका बीमकलाई प्राधिकरणको अल्टिमेटम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले एकीकृत काराेबार शुरु गरिसक्दा पनि साविक कम्पनीको हैसियतमा बीमा‌ंकी मूल्यांकन गर्न बाँकी रहेका जीवन बीमा कम्पनीहरुलाई २० दिनभित्र बीमा‌ंकी मूल्यांकन सम्पन्न गरिसक्न चेतावनीयुक्त निर्देशन दिएको छ। प्राधिकरणले चारवटा जीवन बीमा कम्पनीमा गाभिएकामध्ये सातवटा जीवन बीमकलाई अघिल्लो आर्थिक वर्ष २०७८/७९ को बीमा‌ंकी मूल्यांकन सम्पन्न गर्न निर्देशन दिएकाे हाे ।

प्राधिकरणले प्रभु महालक्ष्मीमा रूपान्तरण भएका प्रभु लाइफ र महालक्ष्मी लाइफ, सानिमा रिलायन्समा रूपान्तरण भएका सानिमा लाइफ र रिलायन्स लाइफ, र हिमालयन लाइफ इन्स्योरेन्समा गाभिएकामध्ये गुराँस लाइफ इन्स्योरेन्स सहित पाँच वटा जीवन बीमकलाई बीमा‌ंकी मूल्यांकन र वित्तीय प्रतिवेदन तयार पार्ने कार्य तत्काल सम्पन्न निर्देशन दिएकाे हाे । प्राधिकरण कार्यालयमा बिहीबार बीमककाे प्रमुख कार्यकारी अधिकृतहरुसँगकाे छलफलका क्रममा प्राधिकरण नेतृत्वले ताेकिएकाे मितिमा बीमा‌ंकी मूल्यांकनकाे काम नसके कारवाही गर्ने चेतावनी दिएकाे छ।

Esewa
Crest

सूर्य ज्याेती लाइफमा रूपान्तरण भएको  साविक ज्योति लाइफले आर्थिक वर्ष २०७९/८० एकीकृत कारोवार अगाडीको दिनसम्मको  बीमा‌ंकी मूल्यांकन गरेर प्राधिकरण समक्ष पेश गरिसकेको छ।

यसबाहेक सरकारी स्वामित्वकाे राष्ट्रिय बीमा स‌ंस्थान, निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनी र भारतीय संयुक्त लगानीकाे एलआइसी नेपालले समेत २०७८/७९ को बीमा‌ंकी प्रतिवेदन र वित्तीय प्रतिवेदन तयार पारेका छैनन् ।

प्राधिकरणको निर्देशनमा मर्जर राेजेकाेले बीमा‌ंकी मूल्यांकन ढिलाई गर्ने कम्पनीविरुद्ध सख्त कदम नचालि दिन छलफलमा सहभागी जीवन बीमकका प्रमुख कार्यकारी अधिकृतले अनुराेध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS