IME Life New

स्वावलम्बन लघुवित्तको नाफा २१ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २१ दशमलव २८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा २७ करोड ९९ लाख रुपैयाँ थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८ दशमलव १९ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा १०.६९ प्रतिशत घटेको छ। १ अर्ब २९ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ सञ्चित छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको निक्षेप ६ दशमलव ८० प्रतिशत बढेको छ । कर्जा लगानी ३ दशमलव १२ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३६ पैसा बढेर २६ रुपैयाँ ३१ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपार ३४.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५२.४६ गुणा रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS