IME Life New

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकहरुलाई गर्यो कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा नियम उल्लंघन गरेको भन्दै तीन वाणिज्य बैंकलाई कारबाही गरेको हो । कारबाही पर्नेमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंक हुन् ।

प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेकोमा राष्ट्र बैंकले कारबाही गरेको हो।

Esewa
Crest

राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इप्रानं १५ /०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क)बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ।

त्यस्तै, कुमारी बैंकले २०७९ माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ जरिवाना गरिएको छ। हिमालयन बैंकलाई पनि २०७९ कात्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोमा १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%
happy

खुसी

0%
sad

दु :खी

21%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS