IME Life New

एनआईसी एशिया क्यापिटलको नाफा करिब साढे १० करोड, प्रतिशेयर आम्दानी ५२ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण सार्वजनिक गरेको छ । २० करोड चुक्ता पूँजी रहेको क्यापिटलले आर्थिक वर्ष २०७९/०८० मा १० करोड ४२ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ भने प्रतिशेयर आम्दानी ५२ रुपैयाँ १० पैसा कायम गरेको छ ।

आथिृक वर्ष २०७९/८० अन्त्यसम्म क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा पाँच वटा योजनाहरु संचालन गरिरहेको छ । “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड”ले आर्थिक वर्ष २०७९/८० को लागि १० प्रतिशत (कर सहित) का दरले नगद प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ ।

Esewa
Crest

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत “IDEA to IPO” सेवा संचालन गरिरहेको छ। जस अन्तर्गत २०८० आषाढ मसान्तसम्म १८ वटा कम्पनीहरुसंग दुई पक्षिय सम्झौता सम्पन्न भई कार्यहरु गरिरहेको क्यापिटलले जनाएको छ । क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, Further Expansion हुदैं IPO जारी गर्ने चरणसम्म कम्पनीलाई पुऱ्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरि विशिष्टीकृत लगानी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको जनाएको छ।

क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरी आ.व. २०७९/०८० को अन्त्यसम्ममा ६६५ जना ग्राहकहरुबाट रु.१ अर्व ८१ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत Income Guaranteed Fund, Priority Services, जस्ता विशेष योजनाहरु संचालन गरिरहेको छ । जुन सेवा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको क्यापिटलले उल्लेख गरेको छ।

क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत देशको सम्पूर्ण भू-भागमा बसोबास गर्ने आम जनता समक्ष डिम्याट खाताको पहुच सहज, सर्वसुलभ तरिकाबाट पुऱ्याउने मुख्य उद्देश्यका साथ विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ । क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझ पुऱ्याउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्य अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकै असहज भईरहेको भन्ने जनगुनासो सम्बोधन गर्न नेपालको जुनसुकै भू-भागबाट समेत अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाएको उल्लेख गरेको छ ।

क्यापिटलले २०८० आषाढ मसान्तसम्म ६ लाख ६७ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएकोउल्लेख गरेको छ । क्यापिटलले समग्र डिम्याट खाता संख्याको ११.६० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” मात्र रु.९९९ मा Lifetime डिम्याट खाता नविकरण हुने तथा रु.१,००० मा भुक्तानी गर्दा मेरो शेयर खाता Lifetime को लागि नविकरण हुने योजना संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS