IME Life
GBIME

लक्ष्मी सनराइज बैंकको नाफा २ अर्ब २६ करोड, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हालै एकीकृत कारोबार गरेको लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा ४९ दशमलव ४५ प्रतिशतले वृद्धि हुँदै २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी ४६ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७६ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । संचालन नाफा ५८ दशमलव ८९ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

Crest

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड रहेको छ ।

२१ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा १४ अर्ब रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा १ अर्ब ९३ करोड रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निक्षेप संकलन ११२ दशमलव ३० प्रतिशतले वृद्धि हुँदै २ खर्ब ९६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १०० दशमलव १३ प्रतिशतले वृद्धि हुँदै २ खर्ब ५३ अर्ब पुगेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष शुन्य दशमलव ८९ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा २ दशमलव ८१ प्रतिशत रहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS