IME Life New

नेपाल बैंकको खुद नाफा १६ प्रतिशतले बढ्दा वितरणयोग्य मुनाफा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १६ दशमलव ७० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Esewa
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४० दशमलव ६१ प्रतिशतले बढेको छ यस अवधिमा बैंकको सञ्चालन मुनाफा २१ दशमलव १९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ। यस अवधिमा बैंकको निक्षेप २४ दशमलव ७२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको कर्जा लगानी ४ दशमलव ३२ प्रतिशतले बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १० दशमलव ७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS