IME Life New

कृषि विकास बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी बढ्यो, लाभांश दिने क्षमता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।  यस अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४५ दशमलव ९८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Esewa
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ दशमलव ३० प्रतिशतले घटेको छ । बैंकको सञ्चालन मुनाफा यस अवधिमा २६ दशमलव ०७ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको बैंकको लाभांश दिने क्षमता १९ रुपैयाँ ८९ पैसा रहेको छ। १३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।

यस समिक्षा अवधिमा बैंकले निष्क्षेप संकलन १९ दशमलव ७५ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा बैंकले बढेको छ भने कर्जा लगानी ० दशमलव ९३ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २१ पैसा बढेर २० रुपैयाँ ६२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ६० पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS