IME Life New

एनआईसी एशिया बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले विmत्री गरेको ४ लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत साउन ९ गतेबाट संस्थापक समूहको ४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको थियो । उक्त शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ ।

उक्त शेयरमा ईच्छुक विद्यमान संस्थापक शेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। खरिद आवेदन काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलमा पेस गर्नुपर्ने बैकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS