Connect IPS
IME Life

हिमालयन लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । हिमालयन लघुवित्त वित्तीय संस्थ लिमिटेड (साविकको सिभिल लघुवित्त)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ७८.५० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४ दशमलव ५२ प्रतिशतले घटेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १६ दशमलव ३३ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको सञ्चालन मुनाफा ७९.०४ प्रतिशतले घटेको छ।

Prabhu
Crest

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ । ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५.०८ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ १ पैसा घटेर ४ रुपैयाँ ८१ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५६.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४७ प्रतिशतबाट २.३७ प्रतिशत पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS