Connect IPS
IME Life

रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, कसले कति पाए ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज उक्त आइपी बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल २७ हजार १ सय ४८ जनाको आवेदन परेको थियो । जसमध्ये २७ हजार १ सय ४४ जनाको मात्र आवेदन भेरिफई भएको क्यापिटलले जनाएको छ । आवेदन दिएका सबैले शेयर पाएको क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

बाँडफाँड मोडल अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने १० हजार ९ सय ९९ जनले माग गरे बमोजिम कै शेयर पाएका छन् । ६० कित्ता देखि ५४ सय कितातसम्मको लागि आवेदन दिने १६ हजार १ सय ४५ जनाले पनि ५० कित्ता कै दरले शेयर पाएका छन् । त्यस्तै ६० देखि ५४ सय कित्तासम्मको लागि आवेदन दिने मध्ये बाट गोलाप्रथा गरेर ८ हजार ४ सय २९ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ६० कित्ता शेयर पाएका छन् ।

कम्पनीले असार २७ देखि साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

आइपीओ नतिजा विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/ , सिडीएससीको मेरोशेयरको वेबसाइटhttp://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइटबाट https://iporesult.cdsc.com.np/रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको वेबसाइट  relaible nepal life बाट हेर्न सकिनेछ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS