IME Life New

प्राधिकरणमा आधा दर्जन नयाँ शाखा थपिए, काेशी र सुदूरपश्चिम प्रदेश प्रमुख पनि फेरिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन र बदलि‌ंदाे परिस्थिति अनुकूल हुने गरी विभिन्न विशिष्ट शाखाहरू गठन गरेकाे छ। शाखा गठनसँगै कार्य जिम्मेवारीमा पनि व्यापक हेरफेर गरेकाे छ। प्राधिकरणले बीमा प्रवर्द्धनका लागी बीमा प्रवर्द्धन शाखा स्थापना गरेकाे छ। यसैगरी वित्तीय विश्लेषणका लागी वित्तीय विश्लेषण शाखा, वित्तीय व्यवस्थापनका लागी वित्तीय प्रशासन शाखा, अनुगमनका लागी स्थलगत अनुगमन(जीवन) शाखा  र स्थलगत अनुगमन (निर्जीवन) शाखा स्थापना गरेकाे छ ।

यसबाहेक अभिकर्ता तथा सर्भेयर सम्बन्धी सेवा र व्यवस्थापनका लागी मध्यस्थकर्ता शाखा स्थापना गरेकाे छ। प्राधिकरणले लघु बीमा शाखा र जाेखिम व्यवस्थापन शाखा समेत स्थापना गरेकाे छ। कार्यालयकाे आन्तरिक व्यवस्थापनका लागी सामान्य प्रशासन शाखा समेत स्थापना गरिएकाे छ।

Esewa
Crest

काेशी र सुदूरपश्चिम प्रदेश प्रमुख फेरिए

प्राधिकरणकाे प्रादेशिक कार्यालय अन्तर्गत काेशी प्रदेश प्रमुख कुन्दन सापकाेटाकाे स्थानमा विनाेद कुमार पाेखरेलले प्रमुखकाे जिम्मेवारी पाएका छन् । सापकाेटालाई प्राधिकरणकाे बीमा प्रवर्द्धन शाखा प्रमुखकाे जिम्मेवारी दिइएकाे छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीलाई मध्यस्थकर्ता व्यवस्थापन शाखा प्रमुखकाे जिम्मेवारी दिइएकाे छ। त्यसैगरी  सुदूरपश्चिम प्रदेश प्रमुखकाे जिम्मेवारी हृदयेश्वर प‌ण्डितले पाएका छन् । यसअघि उनी कानून, दाबी तथा मुद्रा निर्मलीकरण नियन्त्रण शाखाकाे जिम्मेवारीमा थिए ।

प्राधिकरणका सूचना अधिकारी समेत रहेका निर्मल अधिकारी बीमालेख शाखाबाट कृषी,पशुपंक्षी शाखा प्रमुखकाे जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

40%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS