काठमाडौं । अब राष्ट्रियस्तरका विकास बैंकहरुले पनि वाणिज्य बैंकहरुले जस्तै पुँजीकोष कायम गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीति २०८०/८१ मा गरिएको व्यवस्था कार्यान्वयनको लागि आज साउन १२ गते सर्कुलर जारी गर्दै यस्तो जनाएको छ । अब राष्ट्रिय स्तरका विकास बैंकहरुले क्यापिटल एडिक्युसी फ्रेमवर्क २०१५ बमोजिम न्यूनतम पुँजीकोष अनुपात गर्नुपर्नेछ। यसअघि यस व्यवस्था वाणिज्य बैंकहरुको हकमा मात्रै लागू गरिएको थियो। अब वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुलाई यस्तो व्यवस्था गरेको हो ।
अन्य विकास बैंक तथा वित्तीय संस्थाको हकमा भने क्यापिटल एडिक्युसी फ्रेमवर्क २००७ बमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ।