IME Life New

लुम्बिनी विकास बैंकको नाफामा सामान्य गिरावट हुँदा प्रतिशेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले समिक्षा अवधिसम्ममा ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३.८८ प्रतिशतले कम हो।

असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित रहेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

यस अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशतले बृद्धि भएको छ । सञ्चालन मुनाफा ७.७० प्रतिशतले घटेको छ। बैंकको निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेको छ ।

यस अवधिसम्ममा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ रुपैयाँ ४० पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ११ पैसामा कायम भएको छ। प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS