IME Life New

ज्योति विकास बैंकले ल्यायो निःशुल्क सुविधा र विशेष छुट सहितको नयाँ बचत योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न विशेषता, निःशुल्क सुविधा र विशेष छुट सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात मात्र १५ रुपैयाँमा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो ।

बैंकका अनुसार ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ “सुपर स्मार्ट सेभिङ्ग्स” बचत खाता संचालनमा ल्याइएको हो । यस खाताले ग्राहकवर्गलाई बचत संगै आईपिओहरुमा लगानीको सुरुवात गर्न एकदम सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउने बैंकले उल्लेख गरेको छ । बैंकले आफ्ना सबै खाता र अनलाइनबाट समेत यो खाता खोल्न सकिने जनाएको छ ।

यस खातामा उच्चतम ७ दशमलव ५ प्रतिशत ब्याजदर पाइनेछ । अन्य बैंकको एटीएमबाट महिनाको २ पटकसम्म निः शुल्क नगद निकासी, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क डेबिट कार्ड, मासिक व्याज भुक्तानी, निःशुल्क डिम्याट खाता, निःशुल्क डिम्याट नवीकरण, निःशुल्क सि आस्वा, निःशुल्क मेरो सेयर रजिस्ट्रेशन र नवीकरण, मुद्दती खाता शुल्कमा ५० प्रतिशत छुट, वार्षिक लकर सुविधामा ५० प्रतिशत छुट तथा धितो रकममा ३० प्रतिशत छुट, निःशुल्क डलर कार्ड जारी,छुट प्रिमियमस, विदेशी मुद्रा विनिमय लेनदेनमा १५ पैसाको छुट प्रिमियम मुद्दती खाता उचझबतगचष्तथ शुल्कमा ५० प्रतिशत छुट, निः शुल्क अन(डिमांड खाता विवरण लिन पाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS