IME Life New

लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्न आग्रह गरेको छ । लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि राष्ट्र बैंकले अलग्गै गुनासो सुनुवाई डेस्कको स्थापना गरी गुनासो सम्बोधन गर्दै आएको हुँदा गुनासो दर्ता गर्न आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई दिएको निर्देशन पालना नगरेमा, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएमा, गैरकानूनी ढङगबाट सम्पत्ती लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायतका अन्य जुनसुकै गुनासो भएमा उक्त गुनासो दर्ता गर्न आग्रह गरेको हो ।

Esewa
Crest

राष्ट्र बैंकका अनुसार यस गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो पैसा तिर्नुनपर्ने (टोल फ्रि) फोन नम्बर १८१०५००००२२ मार्फत वा बैंकको अनलाइन गुनासो पोर्टल बाट वा इमेल मार्फत वा कार्यालय समयमा नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS