IME Life New

सपोर्ट लघुवित्तको १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रेहको १३ हजार ८९१ कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयरको न्युनतम मूल्य ५५० रुपैयाँ तोकिएको छ ।

उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडौंमा आफुले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

Esewa
Crest

संस्थाले तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS