IME Life New

नेपाल फाइनान्सले संस्थापक शेयर बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने जनाएको हो ।

संस्थापक शेयरधनी मदन ताम्राकारको नाममा रहेको १ हजार ४२० कित्ता, शुभश्री सहकारीको ६ हजार ७९७ कित्ता गरी कुल ८ हजार २१७ कित्ता शेयर बिक्री गर्न लागेको जनाएको छ ।

Esewa
Crest

उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटड, कमलादी काठमाडौंमा अथवा कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीले तोकिएको उक्त अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS