IME Life New

उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२ अवार्डबाट सिद्धार्थ बैंक सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०२१/ २२ मा प्रकाशित वार्षिक प्रतिवेदनको आधारमा बैंकिङ्ग क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन गोल्ड अवार्ड यस बैंकलाई प्रदान गरेको हो ।

उक्त अवार्ड शुक्रबार, काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरेका हुन्।

Esewa
Crest

यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जनाएको छ। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले South Asian Federation of Accountants (SAFA)  द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ । सिद्धार्थ बैंक गत वर्ष पनि उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो ।

हालसम्म बैंकले देशभर १९६ वटा शाखा ९५ एक्स्टेन्सन् काउन्टर सहित०, १२३ शाखारहित बैंकिङ्ग सेवा र २२० एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS