काठमाडौं । केही समय यता वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक माहोल देखिएको छ । कुनै समय धेरै वाणिज्य बैंकको शेयर मूल्य २०० तल बसेको अवस्थामा अहिले नेप्सेमा कारोबार भएका २ वाणिज्य बैंकको शेयर मूल्य मात्र २०० तल रहेको छ । कुमारी बैंकको १८९ दशमलव ९० र प्रभु बैंकको १९२ दशमलव ८० बाहेक अरु सबै वाणिज्य बैंकको मुल्य २०० माथि नै कारोबार भएको छ।
वाणिज्य बैंकहरु मध्ये एनआईसी एशिया बैंकको बजार मूल्य सर्वाधिक ८२२ रुपैयाँ छ भने दोश्रोमा नबिल बैंकको शेयर मुल्य ६४९ रुपैयाँ रहेको छ ।