IME Life New

कूल बीमाशुल्क आम्दानी जम्मा २.८५ प्रतिशतले बढ्याे, प्राधिकरणकाे प्रक्षेपण सिद्ध हुन सकेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा २.८५ प्रतिशतकाे झिनाे अन्तरले कूल बीमाशुल्क आम्दानी वृद्धि गर्दै नकारात्मक वृद्धि दरलाई छेक्ने प्रयास गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार कूल बीमाशुल्क आम्दानी अघिल्लाे आर्थिक वर्षकाे तुलनामा जम्मा ५ अर्ब ७ कराेड रुपैयाँले वृद्धि भएकाे छ।

प्राधिकरणले सार्वजनिक गरेकाे अपरिस्कृत तथ्या‌ंक अनुसार गत आव २०७९।८० मा जीवन र निर्जीवन बीमा कम्पनीले कूल १ खर्ब ८२ अर्ब ८८ कराेड रूपैयाँ स‌ंकलन गरेका छन् । अघिल्लाे आव २०७८।७९ मा कूल बीमाशुल्क आम्दानी १ खर्ब ७७ अर्ब ८१ कराेड रुपैयाँ रहेकाे थियाे । अघिल्लाे आवमा बीमा क्षेत्रले कूल १६‍.४८ प्रतिशले वृद्धि भएकाे थियाे ।

Esewa
Crest

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीले अघिल्लाे आवकाे तुलनामा कूल बीमाशुल्क आम्दानी जम्मा ३ अर्ब ६७ कराेड रुपैयाँ बढाउन सकेका छन् । त्यसैगरी निर्जीवन बीमा कम्पनीले निर्जीवनमा १ अर्ब ४१ कराेड रुपैयाँले कूल बीमाशुल्क आम्दानी वृद्धि गरेका छन् ।

नियामक प्राधिकरणले गत आर्थिक वर्ष २०७९।८० मा कुल बीमाशुल्क आर्जनको वृद्धिदर ५.५४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको थियाे । बीमा कम्पनीले एक खर्ब ८७ अर्ब ५९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने प्राधिकरणले प्रक्षेपण गरेकोमा प्राधिकरणकाे प्रक्षेपणभन्दा गत आवमा करिब ६ अर्ब न्यून कूल बीमाशुल्क स‌ंकलन भएकाे छ । जीवन बीमातर्फ कुल बीमाशुल्क आर्जन एक खर्ब ४५ अर्ब रूपैयाँ र निर्जीवनतर्फ ४२ अर्ब गरी जम्मा एक खर्ब ८७ अर्ब रुपैयाँ हुने अनुमान गरेकाे थियाे ।

देशकाे आर्थिक गतिविधिमा सुस्तता, बै‌ंक तथा वित्तीय संस्थाकाे ऋण प्रवाहमा संकुचन र महँगीका कारण गत आवमा बीमा क्षेत्र निक्कै दबाबमा रह्याे । सर्वसाधारणकाे बचत क्षमतामा ह्राससँगै जीवन बीमाका लागी दीर्घकालीनरूपमा लगानी गर्न प्राेत्साहन गर्ने वातावरण गत आवमा वर्षभर नै रहन सकेन । यसकाे विपरित सवारी साधन लगायतका विलाशिताका वस्तुकाे आयात गत आर्थिक वर्षकाे उत्तरार्द्धमा खुल्ला गरिएपछि निर्जीवन बीमा कम्पनीहरुका लागी व्यवसाय विस्तार गर्न केही सहज भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS