काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई संस्थाको केन्द्रिय कार्यालय, गोरखामा आवेदन दिन सक्नेछन् ।
कम्पनीले तोकिएको ३५ दिनको समयसम्म पनि संस्थापकहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर विक्री गरिने जनाएको छ ।