IME Life New

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा मुक्तिनाथ विकास बैंक पुरस्कृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा लगातार चौथो पटक पुरस्कृत भएको छ। गत आर्थिक वर्ष उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत मुक्तिनाथ विकास बैंक उक्त पुरस्कारबाट पुरस्कृत भएको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आईक्यानले ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएकोमा यस पटकको पुरस्कार पनि मुक्तिनाथले पाएको हो।

Esewa
Crest

विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको हो। यो पुरस्कार बाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरि लगातार चौथो पटक पुरस्कृत भइसकेको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बेष्ट प्रिजेंटेन्ट एन्नुअल रिपोर्ट अवार्ड विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु), शक्ति र उर्जा क्षेत्र , निर्माण क्षेत्र रहेका छन् ।

विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार प्राप्त गरेको छ । गत शुक्रबार , काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS