IME Life New

एनआईसी एशिया बैंक २६औं वार्षिकोत्सव मनाउँदै, अझै प्रविधिमैत्री र ग्राहकमैत्री सेवा दिने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २६औं वार्षिकोत्सव मनाउँदैछ । २६ वर्षअघि आजकै दिन सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ एनआईसी एशियाको सुरुआत भएको हो। आत्मीय सहयात्राको फलस्वरुप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २६ औं वार्षिकोत्सव मनाउन गइरहेको बैंकले जनाएको हो ।

बैंकले यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, शेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार प्रकट गरेको छ।

Esewa
Crest

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ र जे छौँ, त्यसको सम्पूर्ण श्रेय ग्राहकहरुहरुलाई नै जान्छ’,बैंकले भनेको छ । आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS