काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गर्ने भएको हो ।
बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर विक्रीका लागि स्वीकृति पाइसकेको छ । हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।