IME Life New

बीमितलाई दिनुपर्ने दाबी भुक्तानीकाे विवरण किन लुकाउँछन् बीमा कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानीमा अनावश्यक ढिलाई गर्ने नियतले भुक्तानी लिन बाँकी रहेका बीमितहरुकाे विवरण लुकाउँदै आएका छन् । नेपाल बीमा प्राधिकरणले बीमितकाे विवरण सार्वजनिक गरी सम्बन्धित बीमितलाई सम्पर्कमा ल्याएर भुक्तानी फर्छ्याैट गर्न पटक पटक निर्देशन जारी गरे पनि बीमकले अटेर गर्दै आएका छन् ।

प्राधिकरणले पूर्णावधि दाबी, आ‌ंशिक दाबी(सर्भाइभल बेनिफिट) र अग्रिम भुक्तानीवापतकाे रकम भुक्तानी अवधि पुरा भए लगत्तै बीमितलाई यथाशीघ्र भुक्तानी गर्नका लागी पटक पटक निर्देशन दि‌ंदै आए पनि जीवन बीमा कम्पनीले यस्ताे विवरण सार्वजनिक गर्न अटेर गर्दै आएका छन् ।

Esewa
Crest

निर्जीवन बीमा कम्पनीमा बीमितले दाबी गरेकाे अवस्थामा मात्र बीमा कम्पनीकाे दाबी भुक्तानी सम्बन्धी दायीत्व सिर्जना हुने भएकाले निर्जीवन बीमा कम्पनीकाे हकमा प्रमाण नपुगेकाे वा अनुसन्धान बाँकी रहेकाे अवस्थाकाे बीमा दाबी मात्र मुल्तबी रहेकाे हुन्छ। जीवन बीमा कम्पनीकाे हकमा बीमाकाे शर्त अनुसार निश्चित अवधि पुरा भएलगत्तै स्वतः बीमककाे दायीत्व सिर्जना हुने भएकाले पनि बीमित वा लाभग्राहीले बीमाकाे रकम दाबी गर्ने बारे अनभिज्ञ रहने अवस्था हुन्छ।

सञ्चालनमा रहेका कूल १४ वटा जीवन बीमा कम्पनीमध्ये अमेरिकी जीवन बीमा कम्पनी मेट लाईफकाे नेपालस्थित शाखा कार्यालयले मात्र विवरण सार्वजनिक गर्दै आएकाे छ। प्राधिकरणकाे निर्देशन अनुसार मेट लाईफले आफ्नाे वेबसाइटमा नियमितरुपमा अध्यावधिक विवरण प्रकाशन गर्दै आएकाे छ।

प्राधिकरणले नियमित अनुगमन र छड्के अनुगमनकाे क्रममा बीमा कम्पनीहरुसँग बाँकी रहेकाे दाबी भुक्तानी सम्बन्धी विवरण माग गर्दै दाबी भुक्तानी लिन आउनका लागी सार्वजनिक सूचना प्रकाशन गर्न निर्देशन दि‌ंदै  आएकाे छ। प्राधिकरणकाे निर्देशन पछि बीमा कम्पनीहरुले नियामक र लाभग्राहीकाे आँखामा छाराे हाल्ने नियतले दाबी भुक्तानी लिन आउनका लागी आह्वान गर्दै पत्र पत्रिका र वेबसाइटमा सार्वजनिक सूचना प्रकाशन गरे पनि दाबी भुक्तानी दिन बाँकी रहेका बीमितकाे नाम र बीमालेख नम्बर सहितकाे विवरण भने लुकाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%
happy

खुसी

9%
sad

दु :खी

27%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS