काठमाडौं । मर्जर पश्चात विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत (सिईओ)मा बसन्त राज लम्साल नियुक्त भएका छन् । संस्थाका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिवमा सरोज घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीको नयाँ संचालक समितिको अध्यक्षमा लोक बहादुर खड्का र सदस्यहरुमा कपिल न्यौपाने, शारदा प्रसाद कट्टेल, खेमराज सापकोटा, नयाँ शर्मा पौडेल, उमेश घिमिरे र सृजना शर्मा चयन भएका छन् । कम्पनीको मर्जर पश्चात बनेको नयाँ सञ्चालक समितिका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
1689655650401