काठमाडौं । बैंकहरूमा निरन्तर निक्षेप वृद्धि हुने क्रम कायम नै रहेको छ । असार ३० गते एकै दिन ४ अर्बले निक्षेप वृद्धि भएको छ । असार २९ गते ५७ खर्ब ३६ अर्ब रहेको निक्षेप असार ३० गते ५७ खर्ब ४० अर्ब पुगेको हो । कर्जा प्रवाह भने स्थिर रहेको छ ।
निरन्तर निक्षेप वृद्धि हुनु , कर्जा प्रवाह स्थिर हुँदा सिडी रेशियो निरन्तर घटेको छ । असार ३० गते सिडी रेशियो ८१ दशमलव ६२ प्रतिशतमा आएको छ । अन्तर बैंक ब्याज दरपनि शुन्य दशमलव ४७ प्रतिशतमा आएको छ ।