IME Life New

जीवन बीमा कम्पनीका लागि आर्थिक वर्ष २०७९/८० उत्साहप्रद रहेन, अधिकाम्सको टार्गेट पुरा भएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीका लागि आर्थिक वर्ष २०७९/८९ खासै उत्साहप्रद देखिएन । अधिकाम्स बीमा कम्पनीले टार्गेट पुरा गर्न नसकेको प्रतिक्रिया दिएका छन् । आर्थिक मन्दी र चरम मूल्य बृद्धिको असर जीवन बीमा व्यवसायमा देखिएको छ ।

चरम आर्थिक मन्दी र बीमा व्यवासयमै संकट उत्पन्न भएको वेलामा पनि नेशनल लाइफले भने टार्गेट पुरा गर्दै गत वर्षको भन्दा थोरै ब्यवसाय बढाउन सफल देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा कुल १६ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी दिए ।

Esewa
Crest

विगतका वर्षमा टार्गेट पुरा गर्न नसक्ने एजेन्सी म्यानेजरहरुले आफै पैसा लगानी गरेर टार्गेट पुरा गर्ने गर्थे । यस वर्ष बीमितलाई हालिदिएको पैसा समेत फिर्ता नपाए पछि अभिकर्ताले टार्गेट पुरा गर्न पैसा खर्च गर्न सकेनन् । यसरी अभिकर्ता सँग लगानी गर्ने पैसा नहुँदा पनि समग्र बीमा कम्पनीहरुको बीमा शुल्कमा बृद्धि हुन नसकेको खत्रीको तर्क छ ।

अभिकर्ताले यस वर्ष बैंक वित्तीय संस्थाबाट ऋण लिएर टार्गेट पुरा गर्ने आट गर्न सकेनन् । अर्को तर्फ बैंकहरुले अभिकर्ताहरुलाई कर्जाको लागि पोत्याएको पाइएन । सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत तथा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेलका अनुसार गत आर्थिक वर्षको ११ महिना सन्तोषप्रद नदेखिए पनि असारमा भने आाशा गरेको भन्दा केहि राम्रो देखिएको छ । यसले आगामी महिनामा केहि सुधार हुने लक्षण पनि देखिएको उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षमा करिव ८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । संस्थानले यस वर्ष आफ्नो टार्गेट पुरा गरेको प्रशासक कवि प्रसाद पाठकले जानकारी दिए । उनले भने ‘हामीले धेरै टार्गेट लिदैनौ त्यसैले पनि टार्गेट पुरा गर्यौ ।’ संस्थानले आवश्यक जनशक्ति नियुक्त गर्न नसकेकाले पनि व्यवसाय विस्तार गर्न नसकेको उनको तर्क छ ।

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार कम्पनीले यस वर्ष टार्गेट पुरा गर्दै केहिहदसम्म बृद्धि गर्न सफल भएको छ ।

जीवन बीमा कम्पनीहरुलाई यस वर्ष नविकरण बीमा शुल्क उठाउन पनि धौ धौ पर्यो । गएका वर्षमा टार्गेट पुरा गर्ने आफू निकटका बीमितको बीमा शुल्क तिरिदिएका अभिकर्ताले अहिलेसम्म पनि रकम फिर्ता पाउन सकेका छैनन् । गएको वर्षको बीमा शुल्क नै फिर्ता दिन नसकेका बीमितले यस वर्ष नविकरण बीमा शुल्क भुक्तानी गर्ने अवस्था नै आउदैन । यसले गर्दा पनि हिजोका दिनमा कर कापमा बीमा गरिएका बीमा पोलिसीले निरन्तरता पाउन सकेको छैन ।

एक बीमकका अनुसार यस वर्ष बीमा कम्पनीहरुले ठुलो ठुलो बीमाङ्कका बीमा पोलिसी बिक्री गर्न सकेका छैनन् । कम्पनीहरुले साना साना पोलिसीमा चित्त बुझाउनु परेकाले पनि व्यवसायमा सोचेजति बृद्धि हुन नसकेको एक बीमकले बताए । उनले भने ‘यस वर्ष ठुलो पोलिसी बिक्री गर्न सकिएको छैन साथै ठुला ठुला पोलिसीको नविकरण बीमा शुल्क पनि उठाउन सकिएन ।’

अधिकाम्स बीमा कम्पनीको ग्रोथ रेट घटेको पाइएको छ । धेरै जसो कम्पनीहरुले गत वर्षको बीमा शुल्क फाइन नभएको भन्दै जानकारी दिन मानेन् । बीमकहरुले बीमा शुल्क आर्जनको तथ्याङ्क नभने पनि नेपाल बीमा प्राधिकरणले आज स्थलगत निरीक्षणका क्रममा सम्पुर्ण बीमा कम्पनीमा पुगेर हिजो रातीसम्म आर्जन भएको बीमा शुल्कको विवरण नोट गरेर फर्किएका छन् । बीमा प्राधिकरणका अधिकारीहरुले कम्पनीहरुले व्याकडेटमा पोलिसी बिक्री गरे नगरेको समेत हेर्न भ्याएका छन् ।

गत आर्थिक वर्ष बीमा उद्योग मात्रै नभएर समग्र अर्थतन्त्रमै मन्दी देखियो । यसका साथै मूल्य बृद्धिले चरम रुप लियो । मूल्य बृद्धि हुने वित्तीकै आम मानिसको बचत घट्छ । बचत घट्ने वित्तीकै उनिहरुको प्राथमिकतामा बीमा पर्नै सक्दैन ।

यस वर्ष बीमा व्यवासायमा मर्जरले सर्वाधिक धेरै प्रभावा पार्यो । मर्जरमा रुमलिएका बीमा कम्पनीहरुले व्यवसायलाई खासै प्राथमिकता दिएनन् । अर्को तर्फ मर्जरलाई बहाना बनाउदै बीमा कम्पनीका कर्मचारीहरुले पनि धेरै स्ट्रेस लिन चाहेनन् । मर्जरमा गएका अधिकाम्स बीमा कम्पनीको व्यवसाय गत वर्ष छुट्टा छुट्टै गरेको व्यवसायलाई जोडेर तुलना गर्दा निकै घटेको देखिने बीमकहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

17%
sad

दु :खी

33%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS