काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जया लोहनीलाई नियुक्त गरेको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैंठकले लोहनीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्त गरी आशा लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार शुभारम्भ गरेको हो । दुबै कम्पनीहरुले हिजो अर्थात असार ३१ गतेदेखि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गरेको हो ।
त्यस्तै, कम्पनीको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलाललाई कम्पनी सचिवको जिम्मेवारी दिएको जनाइएको छ ।
1689568330665